Thursday, June 8, 2023

निकुञ्ज–जनता द्वन्द्व ढाट राखेर पालिकाद्वारा ‘वैधानिकता’

ताजा / भरखरै प्राप्त

मनमोहनकै शैलीमा ओलीको ‘भावी प्रधानमन्त्री कार्ड’: एमालेलाई फाइदा कि घाटा ?

११ भदौको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर ४ मंसिरको चुनावमा होमिने निर्णय लियो । दुई दिन...

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार...

हेटौँडामा पनि नक्सा नभएका, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने 

हेटौँडा उपमहानगरपालिकापनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण...

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो भरत पराजुलीलाई उम्मेदवार सिफारिस

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेलाले उम्मेदवार छनोट गरेको छ । आज हेटौंडामा भएको पार्टीको प्रथम प्रारम्भिक जिल्ला...

पिपुल्स पावरको आईपीओ बिक्री खुला

 पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख...

हेटौंडा–पर्सा राष्ट्रिय निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्दै गएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले स्थानीय जनता, व्यवसायी, मध्यवर्ती क्षेत्रमा घाँसदाउरा गर्न जाने महिलामाथि दुव्र्यवहार भएको गुनासो मनहरीबासीले गरेका छन् ।

शनिबार विहान ट्रयाक्टर व्यवसायी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाबीचको द्वन्द्व छताछुल्ल हुने घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालयमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल) का अध्यक्ष सीताराम अर्यालसहित पदाधिकारीहरु, ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ, प्रहरी प्रतिनिधि, ट्रयाक्टर व्यवसायी र सरोकारवालाबीच भएको अनौपचारिक छलफलका क्रममा सेनाले बिगतदेखि नै ट्रयाक्टर व्यवसायीलाई दुव्र्यवहार गरेको आरोपको उठान भयो ।

ट्रयाक्टर व्यवसायीका अनुसार बैशाख ३ गते विहान मनहरी–९, ज्यामिरेस्थित एक होटलमा चिया खाइरहेका राजकुमार उप्रेतीलाई लामीटार सुरक्षा पोष्टबाट खटिएका सेनाको हवल्दार (नाम नखुलेका) सहितको टिमले मोबाइल माग्दै आफूहरुविरुद्ध सुराकी गरेको आरोप लगायो । उप्रेतीले आफूले उनीहरुलाई मोबाइल नदिएको बताए । सेनाको टोलीले ‘पहिला किशोर सुबेदीलाई भाटा हान्ने पनि मै हुँ, आरके मैनालीको ट्रयाक्टर कहाँ चल्छ ठीक पारिन्छ’ भन्दै उप्रेतीलाई धम्क्याउने शैलीमा बोलेपछि द्वन्द्व बढ्यो ।

त्यसपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष अर्यालसमक्ष यो कुरा पुग्यो । आफ्नै काममा हिँडीरहेका मैनाली र सुबेदीको नामै तोकेर सेनाले खोजेको थाहा पाएपछि मैनालीसहित टोली आक्रोशित बन्यो र अर्याललाई गुहार्ने अवस्थामा पुगे । त्यसपछि पोष्टको टोली मनहरी गाउँपालिका–८, बेलुवा पुग्यो । अध्यक्ष अर्याल, केही अगुवाहरु, ट्रयाक्टर व्यवसायीबीच बेलुवामा पनि केहीबेर भनाभनको अवस्था पुगेपछि इलाका प्रहरी कार्यालय, मनहरीको टोली पुगेर सबैलाई प्रहरी कार्यालय ल्यायो ।

ट्रयाक्टर व्यवसायीसमेत रहेका मैनालीले भने–बिगतको एउटा घटनामा हवल्दार सा’ब र हामीहरुको विवाद भएको थियो र त्यो कुरा उहिल्यै सहमतिमा टुंग्याइएको थियो । तर, हाल फेरि मेरो र किशोर सुबेदीको नामै लिएर उहाँले किन मलाई खोज्नुभयो ? कुनै गल्तीबिना कसैको डर, त्रास र मानसिक तनावबिना हामीलाई बाँच्न पाउने अधिकार छ कि छैन ?’ मैनालीको कुरामा उपस्थित सबै ट्रयाक्टर व्यवसायी, समाजसेवी, राजनीतिकर्मीले समर्थन जनाए ।

कुरा त्यतिमै सीमित रहेन । व्यवसायीले मध्यवर्ती क्षेत्रमा अवैधानिकरुपमा गएको भनिएको ट्रयाक्टरले नियमानुसार दण्ड÷जरिबानाबापत् राजस्व बुझाउँदा पनि सेनाले ट्रयाक्टर फिर्ता नगरेकोबारे प्रश्न उठाए । कृष्ण सापकोटाको नाममा पर्सा राष्ट्रिय निकुञ्जले चैत २१ गते ना. ५ त ७०३७ र ना. ६ त ३६६७ ट्रयाक्टरलाई अवैधरुपमा नदीजन्य पदार्थ संकलनबापत् १५ हजार राजस्व काटेको नगद रसिद नै सार्वजनिक भयो । राजस्व तिरेपछि पनि नछाडिएका ती ट्रयाक्टरबारे ब्यापक कुरा उठेपछि सेनाका मेजरले उक्त रसिद मिस्टेकली काटिएको र संशोधन हुने जानकारी आफूलाई आएको बताए । ८०७ नम्बरको रसिद कसले मिस्टेक काट्यो र रसिद मिस्टेक काट्नेलाई कारबाही हुनुपर्ने कि नपर्ने भनेर पनि सरोकारवालाले प्रश्न उठाए ।

व्यवसायीले पीडा सुनिदिने स्थानीय सरकार नभएको, मध्यवर्ती उपभोक्ता समितिले पनि ध्यान नदिएको भन्दै अनेक पीडा पोखे । व्यवसायीले, निकुञ्ज कार्यालयले राजस्व काटिसकेपछि पनि सेनाले किन ट्रयाक्टर नछाडेको ? नछोड्ने भएपछि किन राजस्व रसिद काटेर पैसामात्र लगेको भनेर प्रश्न गरेका थिए । त्यतिमात्र नभइ सेनाले ट्रयाक्टर देख्नासाथ ठूलै अपराध गरेको अपराधीलाई झंै लखेटीलखेटी घेरा हाल्ने, राइफल ते¥स्याउने, ब्याट्री खोसेर लैजाने, ट्रयाक्टरको सिसा फुटाइदिने, टायरको हावा खोलिदिनेलगायत दुव्र्यवहार गर्दै आइरहेको दाबी छ ।

केही समयअघि जंगलमा घाँस काट्न गएकी एक महिलालाई अभद्र व्यवहार गरेको मुद्धा पनि सार्वजनिक भयो । व्यवसायीले निकुञ्जको संरक्षित क्षेत्र (कोरएरिया) कटेर नेपाली सेना मध्यवर्ती क्षेत्रतर्फ आउनु दुर्भाग्य भएको भन्दै कोरएरियामै सेनालाई केन्द्रित भइ जंगल सुरक्षा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

नीतिगत्रुपमा उक्त विषय आफ्नो नियन्त्रणमा नभएको भन्दै मन्त्रिपरिषद् निर्णयले मध्यवर्ती क्षेत्रमा सेना परिचालन गरिएकाले उक्त निर्णय सच्याउन पहल गर्नुपर्नेमा काउन्सिल अध्यक्ष अर्यालले व्यवसायीको ध्यानाकर्षण गराए । अबेरसम्म चलेको छलफलले खासै निर्णय निस्किएन । तर, मध्यवर्ती क्षेत्र (बफरजोन) र संरक्षित क्षेत्र (कोरएरिया) बीच सीमांकन गर्ने, राजस्व काटेर पनि नछाडिएका दुई वटा ट्रयाक्टरलाई छाड्नेलगायतमा प्रगति भयो । शनिबार दुई वटै ट्रयाक्टर सेनाले छाडेको छ ।

उत्खनन् समस्या र शून्य सहजीकरण
मनहरीमा झण्डै १ सय ५० वटा ट्रयाक्टर छन् । कृषिका लागि भनिए पनि ती अधिकांश ट्रयाक्टरहरु मनहरी र राप्ती खोलाको नदीजन्य बस्तुमा आश्रित छन् । तर, वैधानिकरुपमा यी ट्रयाक्टरले कहिल्यै काम गर्न पाएनन् । किनकि, मध्यवर्ती क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (आईईई) भइ उत्खनन्को वातावरण बनेको छैन । मनहरी गाउँपालिकाले आईईईका लागि गरेको पहलकदमी पनि फेल खाएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरीमा दुईवटा सरकार छ भनेर बोल्दै आएका छन् । उनको अभिव्यक्तिले स्थानीय सरकार र निकुञ्जबीच समन्वय नभएको प्रष्ट पारेको छ । दुई निकायबीच द्वन्द्व भएपछि मारमा ट्रयाक्टर व्यवसायी छन् भने विकास निर्माण कार्यका लागि उपलब्ध हुने नदीजन्य बस्तुहरु समेत पाउन मुस्किल छ । निकुञ्ज मध्यवर्ती क्षेत्रमा गएका ट्रयाक्टरचालक, लोड मजदुरलाई पक्रने÷लखेट्ने काम गर्छ तर मध्यवर्ती क्षेत्रभित्र चलेका उद्योगबारे मौन बसेको छ ।

मध्यवर्ती क्षेत्रभित्रको अतिक्रमण पनि दिनानुदिन बढ्दो क्रममा छ । ‘सार्वजनिक जग्गा अतिक्रमण, बन्यजन्तु संरक्षणलगायत कुरालाई नेपाली सेनाले ध्यान दिँदैन, ट्रयाक्टर लखेटेर दिन कटाउँछ,’ आक्रोशित एक ट्रयाक्टर व्यवसायीले भने । राप्तीकिनारमा स्थानीय सरकार, मध्यवर्ती उपभोक्ता समिति, निकुञ्जका प्रतिनिधिसहित छलफल गर्ने, आईई गर्न लगाउने तथा व्यावसायिक हिसाबले घरायसी प्रयोजनका लागि सहजीकरण गर्ने हो भने समस्याले उतिसारो बिकराल समस्या पनि ल्याउँदैन । मनहरी क्षेत्रको प्रमुख स्रोत नै गिटी÷बालुवा हो । तर, यसमा अनावश्यक झन्झट आइपर्ने गरेको छ । सहजरुपमा उत्खनन्को व्यवस्थाका लागि सहजीकरण नहुँदा गिटी÷बालुवामा आश्रित व्यवसायी मारमा छन् भने मनहरी क्षेत्रको आर्थिक कारोबारमा समेत असर परेको व्यवसायी बताउँछन् ।

अवैध नदीजन्य बस्तुबाट राजस्व
मनहरीले प्रमुख राजस्व स्रोत नै नदीजन्य बस्तुलाई मानेको छ । वार्षिक २५ करोड राजस्व संकलन गर्ने गाउँपालिकाले उत्खनन् गर्ने वातावरण बनाउन सक्दैन । त्यसैले सेना, प्रहरीको आँखा छलेर व्यवसायीले राप्ती र मनहरी खोलाबगरबाट ग्रेबल उठाउँछन् र क्रसर उद्योगलाई बेच्छन् । त्यसरी अवैधरुपमा संकलन गरिएको गिटी÷बालुवा निकासी हुँदा सुनाचुरीमा ढाट राखेर पालिकाले ‘वैधानिकता’ दिने गरेको छ ।

हामी बीचमा प¥यौं
बगरमा ट्रयाक्टरले गर्ने नदीजन्य बस्तुको अवैध उत्खनन् र संकलनको नियमन गर्ने अर्काे निकाय प्रहरी पनि वाक्क छ । इलाका प्रहरी कार्यालय मनहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार भदौ महिनादेखि चैतसम्म १ सय १८ वटा ट्रयाक्टरलाई बगर क्षेत्रबाट पक्राउ गरी कारबाही गरिएको छ ।

प्रतिट्रयाक्टर ४ हजार जरिवाना मनहरी गाउँपालिकामा काट्न लगाएर ४ लाख ७२ हजार रुपियाँ राजस्व संकलनमा प्रहरीले भूमिका निर्वाह गरेको छ । तर, यसरी हुने कारबाहीबाट समस्या समाधान हुनेवाला छैन । ‘कि त सबै ट्रयाक्टरलाई मुद्धा चलाउने वातावरण हुनुपर्छ,’ प्रहरी निरीक्षक थापाले भने–होइन भने गाउँपालिकाले ठप्प हुने नीतिगत् निर्णय गर्नुपर्छ ।

निर्णायक तहमा रहेकाहरुले उचित निर्णय नगर्दा आफूहरु सधैं अप्ठ्यारोमा परिरहेको थापाले बताए । चितवनमा अवैधढंगले उत्खनन् गर्न जाने ट्रयाक्टरलाई २५ हजार जरिवाना गर्ने गरिएकाले चोरी निकासीका घटना कम भएको उदाहरण छ ।

लोकप्रिय

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

-आशिष चौलागाँई हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर...

Related Articles

मनमोहनकै शैलीमा ओलीको ‘भावी प्रधानमन्त्री कार्ड’: एमालेलाई फाइदा कि घाटा ?

११ भदौको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर ४ मंसिरको चुनावमा होमिने निर्णय लियो । दुई दिन...

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार...

हेटौँडामा पनि नक्सा नभएका, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने 

हेटौँडा उपमहानगरपालिकापनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण...